Top Header Ad 1

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘रग्वी’ खेल भण्डारढिक खेलमैदानमा आज बाट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘रग्वी’ खेल भण्डारढिक खेलमैदानमा आज बाट

परिबर्तन न्युज
२९ आश्विन २०७९ बजे
परिबर्तन न्युज
२९ आश्विन २०७९

असोज २९ पोखरा 

“एकतावद्ध देश खेलकुदको सन्देश” भन्ने नाराका साथ सुन्दर नगरी पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्वी खेल पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक खेलमैदानमा शनिवारदेखि सुरु भएको छ ।नेपाल रग्वी संघका केन्द्रिय अध्यक्ष दिपक देवकोटाको अध्यक्षतामा भएको  थियो ।

Advertisement:Ad

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल रग्वी संघका सन्तोष भट्राई,पूर्व गृहमन्त्री खगराज अधिकारी, पोखरा महा नगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्ग , नेपाल रग्वी संघ महासचिव चेतनराज गिरी,नेपाल रग्वी संघ कास्की सचिव सुवास खड्का लगायतले शुभकामना दिदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिनुभएको थियो ।

उद्घाटन समारोहमा यस प्रतियोगितामा सहभागीता जनाउने टिमको मार्चपास प्रस्तुत गरिएको थियो भने स्थानीय टोल विकास संस्था,आमा समूहहरुले झाँकी र्याली  प्रस्तुत गर्नु भयको थियो । चार दशकपछि गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबारबाट औपचारिक रुपमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मा  कुल ३६ वटा खेल र २ प्रदर्शनी सहित ३८ खेल समावेश गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडीहरु सहभागी भएका छन् भने करिब १ हजार ३ सय पदकका लागि प्रतिस्पर्धा हुने छ ।

स्प्रमरणीय रहोस प्तिरतियोगिता गण्डकी प्रदेशका विभिन्न ८ जिल्लाहरु कास्की, तनँहु, पर्वत, गोरखा, स्याङजा, नवलपुर, म्याग्दी र बाग्लुङमा संचालन भईरहेको छ भने भण्डारढिक खेलमैदानमा शनिवार आज देखि सुरु भएको रग्वी खेलमा ३२४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज