Top Header Ad 1

गण्डकी प्रदेश का बहालवाला मन्त्री बिन्दु कुमार थापा जनता को घेरामा

गण्डकी प्रदेश का बहालवाला मन्त्री बिन्दु कुमार थापा जनता को घेरामा

परिबर्तन न्युज
३० कार्तिक २०७९ बजे
परिबर्तन न्युज
३० कार्तिक २०७९

कार्तिक ३०, पोखरा

समयको बेवास्ता गर्दै जनताको घरमा राति अबेर सम्म धेरै गाडीहरु र झण्डाहरु सहित प्रचारप्रसार गरेको देखेपछि स्थानीय जनताहरुले त्यसो गर्न पाइँदैन भन्दै बहालवाला मन्त्री विन्दु थापालाई करिब डेढ घण्टा सम्म स्थानीय जनताले घेराउ गरेर राखेका थिए।

Advertisement:Ad

निर्वाचन नजिकिँदै गर्दा चुनावि सरगर्मी पनि त्यहीअनुसार तातेको देख्न सकिन्छ । कास्की जिल्लाको क्षेत्र नम्बर २ को ‘ख’ पोखरा महानगरपालिका वडा नम्बर १६ को मातृशिशु मितेरी अस्पताल संगै रहेको गायक बस्ति तल खोला खेत मा बेलुका करिब ७:३० बजे बाट करिब ९:०० बजे सम्म निर्वाचन आयोगले तोकेको (आचारसमिता) समय सिमा भन्दा बढी समय घरघरमा पसेपछि स्थानीय जनताको शंकाको घेरामा पर्नुभएको विन्दु कुमार थापा लाइ जनताले घेरेर राखेको स्थानीय जनताहरुको बताउँनुहुनछ।

स्थानीय जनताहरु ले प्रहरी प्रशासनमा खबर गरिपछि प्रहरी  आइ सबैलाई संयम हुन अनुरोध गरेको र निर्वाचन आयोगबाट पनि जिम्मेवार व्यक्तित्व दयाशंकर अधिकारी आउनु भएपछि स्थानीय जनतालाई निर्वाचन अधिकृत लगायत सुरक्षाकर्मीले भोलि नियमानुसार तपाईहरुले गरेको उजुरीको आधारमा समितिले आवश्यक कारबाही गर्छ भन्ने विश्वास दिलाएपछि स्थानीय जनताले छाडने वातावरण बनेको थियो।

सयौ स्थानीयहरुले पोखरेली जनता सचेत छन  पैसा बाढ्न पाइदैन भन्दै बाटुलेचौर हाम्रो हो जस्ता नारा जुलुस लगाएका थिए। उनी हरुले पैसाको प्रलोभन देखाउने र जनतालाइ भेडाबाख्रा सम्झि मत किन्नको लागि पैसा बाढ्ने थापालाई हदै सम्मको कारबाहीको माग समेत गरेका थिए।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज