Top Header Ad 1

प्राकृतिक स्रोत ब्यबस्थापन कलेज पुरुन्चौरमा झडप

प्राकृतिक स्रोत ब्यबस्थापन कलेज पुरुन्चौरमा झडप

परिबर्तन न्युज
१५ मंसिर २०७९ बजे
परिबर्तन न्युज
१५ मंसिर २०७९

मंसिर १५, पोखरा

प्राकृतिक स्रोत ब्यबस्थापन कलेज पुरुन्चौरमा आज अखिल क्रान्तिकारी र अनेरास्ववियु का बिच झडप हुदा  अनेरास्ववियु तर्फ तिन जना बिद्यार्थी घाइते भएका छन ।

Advertisement:Ad

घाइते भएका तिन जना बिधार्थीलाइ क्याम्पस प्रमुख  चन्द्रेस्वर श्रीवास्तव ले उपचार गर्न बगर को दिप हस्पिटल मा लागिएको  हामिलाइ जानकारी दिनुभयो।

पोखरा महानगरपालिका वडा नं १९ मा रहेको कलेजमा  मनिटरले सूचना प्रभाव गरेको भन्ने सामान्य विषय बाट भएको भनाभन बाट सल्केको आगोले हिजो राति करिब १०:०० बजे तिर वल्डकप हेरेर फर्कने क्रममा २०/२२ जना अखिल को साथिहरुले अनेरास्ववियु का ३ जना बिद्यार्थीको टाउको फुटाइ दिएको र कानमा चोट लागेको कुरा अनेरास्ववियु क्याम्पस का अध्यक्ष सुरज भण्डारी ले बताउनुभयो ।

अहिले स्थानीय पुरुन्चौर का सामाजिक व्यक्तित्व हरु  र सबै संगठन का बिधार्थी हरु मिलेर वार्ता मा बसेको र घाइतेहरुको उपचार भइरहेको छ भने क्याम्पसको वरपर को बाताबरण सामान्य छ भने बैठक पनि भित्र बसिरहेको छ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज