पोखरामा प्याब्सन स्पोर्टस् मिट- २०७९ हुने

पोखरामा प्याब्सन स्पोर्टस् मिट- २०७९ हुने

परिबर्तन न्युज
१९ मंसिर २०७९ बजे
परिबर्तन न्युज
१९ मंसिर २०७९

मंसिर १९, पोखरा

आज कास्कीको निजि बिद्यालय हरुको छाता संगठन प्याब्सनले सोस्थ मस्तिष्कका लागि खेलकुद भन्ने नाराका साथ ‘प्याब्सन स्पोर्टस मिट’ सञ्चालन गर्ने भएको छ। मंसिर २० गते देखि पोखराको रंगशालामा निजी तथा आवासिय बिद्यालय हरुको बिधालय स्तरिय खेलकुद प्रतियोगिता हुने पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी गराएको थियो।

Advertisement:Ad

प्याब्सन को स्थापनाकालदेखि नै स्पोर्टस मिट सञ्चालन गर्दै आइ रहेको ले यस वर्षपनि मंसिर २० गतेदेखि खेलहरु संचालन गर्ने औपचारिक रुपमा आज पत्रकार भेटघाट कार्यक्रम राखेर जानकारी गराइएको थियो। खेलकुद प्रतियोगिता २० गते बाट प्रदर्शन हुदै गर्दा कार्यक्रमको समुद्घाटनको कार्यक्रम भने २५ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेन्द्र पौडेल को समुपस्थितिमा १७औ प्याब्सन मिट आयोजना गरिएको जानकारी गराइएको थियो।

यस प्रतियोगितामा फुटबल, भलिबल, बल, एथलेटिक्स ,हाइजम्प ,लङजम्प , जम्प, बास्केटबल ,छात्र दौड र बिभिन्न इभेन्टहरुमा ७७१२ भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्ने बताइएको छ भने दैनिक एघार हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकले अवलोकन गर्ने बताइएको छ ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज