Top Header Ad 1

शुक्ला साहित्य प्रतिष्ठान द्वारा नववर्ष २०८०को अबसरमा शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न

शुक्ला साहित्य प्रतिष्ठान द्वारा नववर्ष २०८०को अबसरमा शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
१ बैशाख २०८० बजे
परिबर्तन न्युज
१ बैशाख २०८०

बैशाख १, पोखरा

सुक्ला साहित्य प्रतिष्ठान द्वारा नयावर्ष २०८० सालको पावन अवसर मा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement:Ad

संस्थाका अध्यक्ष हरि बरुवालको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथी हरिलाल तिमिल्सिनाले गर्नुभएको थियो। कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लागि संस्थाका सचिव दिपेन्द्र बानियाले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा संस्था कृषि वरिष्ठ उपाध्यक्ष दुर्गा देवी बस्नेत गौतम ले स्वागत मन्तब्य दिनुभएको थियो । पूर्व बडा सदस्य मेहरमान थापाले नव वर्ष को सुभकामना  सहित सस्था को प्रगति उन्नतिको कामना गर्नुभएको थियो। कार्यक्रम मा सस्थाको सल्लाहकार शिव प्रसाद त्रिपाठी शुभकामना रूपी गजल सुनाउनुभएको थियो त्यस्तैगरी सल्लाहकार कुल बहादुर खत्री त्यस्तै गरि मानार्थ सदस्य नरहरि भट्टराई लगायतले नया बर्ष को शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

प्रमुख अथिति संस्थापक अध्यक्ष हरि लाल तिमिल्सिनाले शुक्ला साहित्य प्रतिष्ठान द्वारा प्रकाशित नयाँ वर्षको भित्तेपात्रोको बिमोचन गर्नुभएको सो कार्यक्रम मा करिब सय जनाको उपस्थिति थियो।

प्रमुख अथिति र नयाँ वर्षको भित्तेपात्रो प्रकाशन समितिको उप संयोजक कमला तिमिल्सिना संस्थाका सह सचिव सन्जय थापा , लक्ष्मी पौडेल ,सकुन्तला के सि र मोहन सुनार लाइ प्रमाणपत्र तथा मायाको चीनोले सम्मान गरिएको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज