Top Header Ad 1

अन्नपूर्ण गाउँपालिका मा पन्ध्र बेडको अस्पताल द्रुतगतिमा निर्माण हुँदै

अन्नपूर्ण गाउँपालिका मा पन्ध्र बेडको अस्पताल द्रुतगतिमा निर्माण हुँदै

परिबर्तन न्युज
२५ जेष्ठ २०७८ बजे
परिबर्तन न्युज
२५ जेष्ठ २०७८

 

नेपाल सरकारले गत कार्तिकमा ३०९ वटा पालिकाहरु मा एकैपटक पाँच देखि १५ बेड सम्मको जनरल अस्पताल बनाउन गरेको घोषणा गरे अनुसार अस्पताल बन्ने क्रम सुरु भएको छ त्यही मध्येको एक उदाहरण कास्कीको अन्नपूर्ण गाउँपालिकाले अस्पताल निर्माण कार्यालय तीव्रताका साथ अगाडि बढाएको छ संघिय सरकारले बजेट उपलब्ध गराए लगत्तै टेन्डर समेत सम्पन्न भई निर्माण गतिलाइ द्रुततरिकाले अगाडी बढायको छ ।

अन्नपूर्ण गाउँपालिकामा १५ बेड को अस्पताल निर्माणका लागि १९ करोड बजेटको योजना तयार भई टेन्डर प्रक्रिया गर्दै ११ करोड ७ लाख रुपैयाँमा करिब तीन हजार वर्ग किलोमिटरको साढे दुई तले भवन निर्माण यहि २०७८ वैशाख ४ गतेबाट सिमान्स कन्स्ट्रक्सनले कार्य सुरु गरेको छ भने २०७९ असार १५ गते भित्रमा सम्पन्न गर्ने गरी सो ठेक्का लिएको सिमान्स कन्स्ट्रक्सन का प्रमुख भेसराज पौडेल ले बताउनुभयो ।

१५ बेडको अस्पतालमा नवौं तहमा चिकित्सक एकजना,आठौं तहको मेडिकल अफिसर घ जना सहित चौबिसै घण्टा ईमरजेन्सी सेवा प्रयोगशाला एक्सरे सेवा प्रसूति उपचार सेवा उपलब्ध गराइने नीति रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले परिबर्तनन्युज लाइ बताउनुभयो।

प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै