मैदान आमा समूहद्वारा २७औं वार्षिक साधारणसभा सम्पन्न

मैदान आमा समूहद्वारा २७औं वार्षिक साधारणसभा सम्पन्न

परिबर्तन न्युज
२३ भाद्र २०८० बजे
परिबर्तन न्युज
२३ भाद्र २०८०

भदौ २३, पोखरा

पोखरा महानगरपालिका वडा न.१६ मा रहेको मैदान आमा समूहले आफ्नो २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

Advertisement:Ad

मैदान आमा समूहकी अध्यक्ष मनु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पोखरामा नगरपालिका वाड न.१६ का अध्यक्ष अमृत शर्मा तिमल्सिनाले गर्नुभएको थियो।

अतिथि जनप्रतिनिधिहरु क्रमशः रामचन्द्र आचार्य ,राजकुमारी बानिया, रामकाजी गुरुङ र  मञ्जु नेपाली लगायत विभिन्न संघसंस्था का मानार्थ सदस्य लक्ष्मी बस्नेत, सरस्वती खड्का सल्लाहकारहरुमा बेनी बहादुर बस्नेत जित ब.खडका, मोहन थापा, प्रकाश थापा मिठु थापा, विशेष अतिथिहरु मा गरिमा विकास बैंक बाटुलेचौर शाखाका सुमन आचार्य र गाउँ विकास समाजको मुखी सहकारीका अध्यक्ष कर्णबहादुर खड्काले गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर प्रमुख अतिथि अमृत शर्मा तिमल्सिनाले गर्नुभएको थियो। स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ज्योति बस्नेतले गर्नुभएको सो कार्यक्रममा राजकुमारी बानियाले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

करिब १२० जनाको उपस्थिति मा भएको कार्यक्रम मा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राधिका घर्ती क्षेत्रीले प्रस्तुत गर्नु भएको थियो भने प्रगति विवरण संस्थाका सचिव शिब सोभा बस्नेत प्रस्तुत गर्नु भएको थियो।

नजिकिँदै गरेको हिन्दू नारीहरूको महान चाड तीजको शुभकामना आदानप्रदान गर्दै सबै दिदी बहिनीहरु मिलेर दर खाएर नाचगान गरेर कार्यक्रमलाई भव्य र सभ्य रमाइलो बनाउनु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज