Top Header Ad 1

माछापुच्छ्रे गाउपालिका क्लब स्तरीय दशै कप 7 ए साइड फुटबल प्रतियोगिता सम्पन्न

माछापुच्छ्रे गाउपालिका क्लब स्तरीय दशै कप 7 ए साइड फुटबल प्रतियोगिता सम्पन्न

परिबर्तन न्युज
२ कार्तिक २०८० बजे
परिबर्तन न्युज
२ कार्तिक २०८०

कार्तिक २ पोखरा

मर्दीएफ सि द्वारा आयोजित माछापुच्छ्रे गाउपालिका क्लब स्तरीय दशै कप 7 ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement:Ad

फाइनल खेलको प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपाल कास्कीका अध्यक्ष कुसल ब्यवासायी पान बहादुर जि सि ले बलमा हस्ताक्षर गरि म्याच रेफ्रीलाइ बल हस्तान्तरण गरि उद्दघाटन गर्दै आम युवा देशबाट पलायन भै रहेको अवस्थामा खेलाडी समेत पलायन हुदा सरकारले खेलाडीलाई समेत स्वदेशमा राख्न नसक्नु युवा आन्दोलन लाई चुनौती भएको साथै देशमा रोजगार र ब्यबसाय गर्ने बाताबरण मिलाउन युवा ब्यबसायिलाइ यो आर्थिक अबस्थामा राहतको प्याकेज ल्याउन आम जानतालाइ दुखमा साथ दिन सरकार सग माग गर्नु भयो माछापुच्छ्रे गाउपालिका २३ टिम सहभागी रहेको खेलमा मर्दी एफ सि ले ह्याप्पी ब्रदर्स लाई सडेन डेथमा पराजित गर्दै नगद रु बीस हजार सहित टर्फी मेडल प्रमाणपत्र हात पारेको छ भने उपबिजेता ह्याप्पी ब्रदर्सले दश हजार सहित टर्फी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेलमा अनुशासन टिम सितल देउराली युवा क्लब भेडावारी घोषित हुदा बेष्ट प्लिएर मर्दी एफ सिका युदयमान खेलाडी सफल ढकालले हात पारे सर्वाधिक गोलकर्ता मर्दि एफ सिका मनिष थापा खेल अबधी भरी सात गोल गर्दै पुरस्कृत भए उत्कृष्ट मिडफिल्डर हेप्पी ब्रदर्सका मनोज नेपाली घोषित हुदा उत्कृष्ट डिफेन्दर मर्दी एफ सिका सुजन घर्तिमगर गोलरक्षक मर्दी एफ सिका सुजन नेपाली (एडिक)ले जित्न सफल भए असोज ३० गते शुरु भएको खेल क्लबका अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको थियो भने स्वागत बिरेन्द्र क्षेत्रीले गरेका थिए र सन्चालन युवराज जिसिले गरेको क्लबका सचीव मनिष थापाले जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज