अन्नपूर्ण बाल क्लबको आयोजनामा बिबिध अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

अन्नपूर्ण बाल क्लबको आयोजनामा बिबिध अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न

परिबर्तन न्युज
२८ भाद्र २०८१ बजे
परिबर्तन न्युज
२८ भाद्र २०८१

भदौ २८, पोखरा

साठीऔ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय अर्मलाको अन्नपूर्ण बाल क्लबको आयोजनामा अतिरिक्त क्रियाकलाप कार्यक्रम गरेको को छ।

Advertisement:Ad

आधारभूत र मा.वि तहका विद्यार्थीबीचमा म्युजिकल चियर ,स्मरण मापन काउण्टिङ ,रेस र एकल नृत्य लगायतका क्रियाकलाप गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव प्रसाद आचार्य ,बाल क्लबका संयोजक अनिता अधिकारीले बाल अधिकार को महत्त्व र कर्तव्यका बारेमा बोल्नु भएको थियो।

प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीलाई प्रअ माधव प्रसाद आचार्यले पुरस्कार प्रदान गर्नु भएको थियो ।बाल क्लबका सन्देश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्ध्या भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज