Top Header Ad 1

शिक्षा विकास तथा समन्वय इकाइ कास्की द्वारा उत्कृष्ट जिपीए ल्याउनेलाई सम्मान

शिक्षा विकास तथा समन्वय इकाइ कास्की द्वारा उत्कृष्ट जिपीए ल्याउनेलाई सम्मान

परिबर्तन न्युज
३० भाद्र २०८१ बजे
परिबर्तन न्युज
३० भाद्र २०८१

भाद्र ३०, पोखरा

कास्की जिल्लाका स्थानिय तहमा उत्कृष्ट विद्यालय र विद्यार्थी को उच्च औसत ४ जि पि ए ल्याउने शिक्षकहरूलाइ शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले सम्मान गरेको छ।

कास्की जिल्लाका पाँचवटै स्थानीय तहहरूमा ४ जिपिए ल्याउने २१ विद्यार्थी र १००% नतिजा ल्याउने ३६ विद्यालय शिक्षा विकास तथा समन्वय इकाई कास्कीले  सम्मान गरेको हो।

सामुदायिक विद्यालयहरूको तर्फबाट उत्कृष्ट विन्ध्यावासिनी माध्यामिक विध्यालय ,बाटुलेचौर र संस्थागत विद्यालयहरूको तर्फ बाट उत्कृष्ट  जि पि ए ल्याउने मदरल्याण्ड माध्यमिक विद्यालय लाइ पनि शिक्षा विकास तथा समन्वय एकाइ कास्किले सम्मान गरेको हो।

त्यस्तैगरी विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका शिक्षक सुशील देवकोटा समुदायीक विद्यालय तर्फबाट विज्ञान विषयमा उच्च औसत जि पि ए ल्याउन सफल शिक्षकलाइ सम्मान गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज