वैशाख ५, पोखरा
पोखरा महानगरपालिका वडा न.१६ नेपाली काँग्रेस कास्की जिल्ला समिति आमन्त्रित सदस्य , नेपाल महिला संघ पोखरा १६ को सभापति एवं बडहरबोट आमा समूहकी अध्यक्ष कमला तिमिल्सिना को हिजो मिति २०८३/०१/०३ गते भएको असामयिक निधन भएको छ। उहाँको दुखद निधनलाई लिएर रामबहादुर बानियाँले फेसबुक वालमा यसरी सम्झनुहुन्छ।
बि.सं. २०५६ सालतीर शुक्ला साहित्य समिती को कोष बृद्विको लागि श्रीमद्भभागवत महाँपुराण लगाउने सोच हामीमा पलायो। त्यतिखेर वाचन शिरोमणी पं. नारायण प्रसाद पोख्रेलको प्रवचनको चर्चा पोखरा क्षेत्रमा चुलिएको अबस्थामा थियो र के.आई.सिङ पुल वारी हाम्रो क्षेत्रमा उहाँको प्रबचन कार्यक्रम भएको थिएन। यो क्षेत्र लाई परिचालन गर्न सकीयो भने हामी सफल हुनेछौं भन्ने आंकलन हाम्रो थियो। सो प्रवचन आयोजन गर्ने ठाउँको कुरा उठ्यो। सो को लागि तत्कालिन चण्डिका प्रा. बि.लाई पनि सहआयोजक बनाएर अम्मरेमा आयोजना गर्ने सोच बनायौं। यस्को लागि कमलागुरूआमा सँग पनि परामर्श गर्यौं। “उहाँले गर्ने हो बाबु सफल भइन्छ ” भनेर उत्साह थपिदिनु भयो ।सन्तोष बाबु शुक्लाको होनाहार कार्यकर्ता पनि भएकोले गुरूआमा शुक्ला प्रति अति सहयोगि हुनुहुन्थ्यो। यसै बिच हामी सामु नयाँ बिचार जन्म्यो ,त्यो भनेको यस क्षेत्रकै गौरब बिन्ध्यबासिनी मा.बि. लाई पर राखेर महायज्ञ संचालन गर्नु युक्ति संगत नहुने भएकोले बिन्ध्य बासिनी मा.बि.लाई पनि समेट्नु पर्छ र मैदानमै आयोजना गर्नु पर्छ। फेरी ,शंका पलायो, ३बटै संस्थालाई भन्दा जनमानसमा सकारात्मक सन्देश जाला र? फेरी बैठक बसेर उच्च मा.बि. स्थापनाको महत्वपूर्ण उद्देश्य को लागि भनेर आयोजना गर्ने र ३ वटै संस्था खटेर सफल पार्ने। मेयर कृष्ण जी ले “त्यसो गर्दा ठिक होलार रामजी” भनेर जिज्ञासा राख्नु भयो । “ठिक हुन्छ ,सफल भइन्छ, मन बाँडिन्न” हामीले भन्यौं।
त्यतिखेर कमलागुरूआमा बिश्व हिन्दु महासंघको भातृ संस्था नारी जागरण समिती ,कास्कीको कार्य समितीमा हुनुहुन्थ्यो। उहाँ मार्फत पं. नारायणप्रसाद पोख्रेल ज्यू सँग सम्पर्क गर्यौं। २०५७ कार्तिक २३गतेबाट ३०गते सम्म आयोजना गर्ने मिती तय गर्यौं। सो सफल पार्न कमला गुरूआमा खटेरै लाग्नु भयो। महायज्ञमा रौनकता ल्याउन नाच्ने, गाउने, अतिथी सत्कारमा जाने, पण्डाल भित्र सफा गर्ने सबै कार्यमा उहाँ अग्रसर हुनुहुन्थ्यो। गुरू र आयोजक समिती बिचको समन्वयकारी भूमिका उहाँबाटै सम्पादन भयो।
त्यतिखेर नारायण गुरूलाई बडहरबोट स्थित भूबन दाईको घरमा राखिएको थियो। गुरूलाई भेट्न उहाँकी धर्म पत्नी आउँदा उपहार स्वरूप सारी दिने कुरा आयो। दिन त दिने तर जेठीलाई नछुट्याउँ भन्ने कुरा आयो। कस्तो दिने? के दिने ?भन्ने जिम्मा पनि कमला गुरूआमालाई दियौं। गुरुको निबासमा खान बस्न, अप्ठ्यरो,पुग नपुग, गुनासो पनि उहाँलेनै बुझ्नु हुन्थ्यो। महायज्ञकै बिच गुरुका कक्षा ९मा अध्ययनरत छोरा महायज्ञ स्थलमै आउनु भयो(सायद अहिलेका वाचन प्रबिण हुन की?) उहांलाई पनि उपहार प्रदान गर्यौं। गुरूआमाका छोरा सन्तोष पनि नाचेर, गाएर, कृष्ण जी बनेर खटेको दृश्य अहिले पनि आईरहन्छ।
अन्तीम तिर गुरूलाई पारिश्रमिक दिने बेला आयो। कति दिने?के गर्ने?भन्ने बारे आयोजकको सचिबालय समिती बैठक बस्यौं र निर्णय गर्यौं। गुरूसँग कुरागरी रकम हस्तान्तरण कमला गुरूआमा सहित हामी गयौं, उहाँले सहजीकरण गरिदिनु भयो । हर्षोल्लास सहित महापूराणको साङ्गे गर्यौं । सकारात्मक सोचकी धनी, मृदुभाषि, सक्रिय समाजसेबी कमला गुरूआमाको असामयिक,आकस्मिक अनि अकल्पनिय निधनले समाजमा ठूलोक्षति पुगेको छ।हामी सबैलाई मर्माहित बनाएको छ। उहासँगका धेरै यादहरू चलचित्रको दृश्यझैं दिमागमा झल्याक झुलुक गरीरहेछन। धेरैलाई याद नभएको महायज्ञको एउटा पाटोको पुनर्संस्मरण गर्दै स्व.कमलागुरूआमा प्रति भावपूर्ण श्रद्वान्जली अर्पण गर्दछु साथै बिनोद गुरू, सन्तोष बाबु, श्रृजना नानी सहित शोकाकूल परिवार जन प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।








प्रतिक्रिया