१९औँ असारे रोपाइँ महोत्सव–२०८१ को शुभअबसर मुख्यमन्त्री पाण्डेलाई जेठोबुडोको धान र घ्यू उपहार

१९औँ असारे रोपाइँ महोत्सव–२०८१ को शुभअबसर मुख्यमन्त्री पाण्डेलाई जेठोबुडोको धान र घ्यू उपहार

परिबर्तन न्युज
१५ असार २०८१ बजे
परिबर्तन न्युज
१५ असार २०८१

असार १५ ,पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दीइरहदा किसानले मुख्यमन्त्री पाण्डेलाई जेठो बुढोको धान र घ्यू उपहार दिनु भएको थियो ।

Advertisement:Ad

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिँचाइको सुविधा भएका फाँटमा  रैथाने धानबालीको संरक्षण तथा उत्पादन गरेर किसानको आयआम्दानी बढाउन सकिने बताउनु भएको थियो साथै खेतीयोग्य जमिनलाई बाँझो हुन नदिने किसानलाई अनुदान उपलब्ध दिदै जानुपर्छ भन्नुभयो।

स्वास्थ्य तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पर्यटनसँग कृषि उत्पादनलाई जोडन सक्नेहो र कृषिमा आधुनिकीकरण गर्न सक्ने हो भने किसानको जिबन सैलीमा परिबर्तन आउने बताउनु भएको थियो।

प्रकाश बरालले प्रत्येक वर्ष हर्पन खोलाले किसानलाई दुःख दिने गरेको धान खेतमा खोलाको बाढी पस्दा किसानले दुःख पाउने गरेकोले यो खोला बाटहुने क्षेतिलाई रोक्न सकिनेहो भने किसानलाई राहात हुने बताउनु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज